दफा ४
पूँजी शेयर शेयरहोल्डरहरू
: (१) समितिको अधिकृत पूंजी नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ ।
(२) समितिको कूल पूंजीमा कम्तीमा ५१ प्रतिशत शेयर नेपाल सरकारले लिनेछ र बढीमा पच्चीस प्रतिशत शेयर समितिका कर्मचारीलाई तोकिए बमोजिम बिक्री गरिनेछ । बांकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गरिनेछ । कर्मचारीले खरीद गरेको शेयर निजले
समितिको सेवामा रहुञ्जेल सुक्री बिक्री गर्न पाउने छैन ।
(३) प्रत्येक शेयर अविभाज्य हुनेछ ।
(४) साधारणतः समितिका कर्मचारी बाहेक कुनै व्यक्ति वा कम्पनीलाई तोकिएको प्रतिशत भन्दा बढी शेयर दिनमा प्रतिबन्ध लगाउन सकिनेछ।
(५) समितिको शेयरहोल्डरको दायित्व सीमित हुनेछ ।